सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले घटाएको हो।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ हुनेछ ।