१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Saturday, 28 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ जेठ १९ बिहीबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा उल्टो म्युजियम सञ्चालनमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार १६:o८:oo

कञ्चनपुरको महेन्द्रनगरमा उल्टो म्युजियम सञ्चालनमा आएको छ। भीमदत्त नगरपालिका– ३ भाँसीस्थित महेन्द्रनगर म्युजियममा उल्टो म्युजियम सञ्चालनमा ल्याइएकाे हो।

क्याप्टेन वेदप्रकाश उप्रेतीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि हेलिकेप र स्विमिङ पुल सञ्चालनमा ल्याएका थिए। म्युजियमको ग्राउन्ड फ्लोरमा बुधबारदेखि उल्टो म्युजिम सञ्चालनमा आएको हो। महेन्द्रनगर म्युजियमका सञ्चालक वेदप्रकाश उप्रेतीले नेपालमै पहिलोपटक उल्टो म्युजियम सञ्चालनमा आएको दाबी गरे । ‘यस्तो म्युजियम विदेशतिर छ,’ उनले भने, ‘नेपालमा पहिलो हो, यहाँ सुल्टो फोटो खिचे उल्टो आउँछ।’

पर्यटकलाई मनोरञ्जनका लागि उल्टो म्युजियम सञ्चालनमा ल्याएको उनले बताए। माथिल्लो फ्लोरमा सुदूरपश्चिमको लोकसंस्कृति, ऐतिहासिक, धार्मिक पर्यटकीय महत्व झल्कने वृत्तचित्र राखिएका छन्।

उल्टो म्युजियमको एक कार्यक्रमबीच पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष चित्रांगा थापा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिंह ठगुन्नाले उद्घाटन गरेका छन्। पत्रकारद्वय थापा र ठगुन्नाले उल्टो म्युजियम सञ्चालनमा आएसँगै थप पर्यटकीय क्षेत्रमा प्रवर्द्धन हुने बताए।

म्युजियम अवलोकनका लागि प्रतिव्यक्ति सय रुपैयाँ शुल्क तोकिएको छ। कञ्चनपुरमा उक्त उल्टो म्युजियम सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि थप प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।