१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंक अफ काठमाण्डूको बिओके प्रिमियम प्लस बचत खाता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४५:oo

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके प्रिमियम प्लस बचत खाता सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ग्राहके पाउनेभन्दा बढी ब्याजदरसहितको खाता सञ्चालनमा ल्याएको हो । 

‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरूभन्दा अधिक ब्याजदर’ भन्ने नाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा वार्षिक आठ दशमलव शून्य तीन प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यो बचत खातामा ग्राहकलाई थुप्रै निःशुल्क बैंकिङ सेवाको ब्यवस्था रहेको जनाइएको छ ।

ग्राहकले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवा, जस्तै चेक बुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट एकाउन्ट, ई–कमर्स एक्टिभेसन, एबिबिएस, खाताको विवरण, मेरो सेयर, कनेक्ट आइपिएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाइल बैैंकिङ यस बचत खातामा निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले हाल देशभरमा ९८ शाखा, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिइरहेको जनाएको छ । 

ad
ad