Skip This
संखुवासभामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Sunday, 07 July, 2024
समाचार डिजिटल संस्करण

संखुवासभामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार १३:४o:oo

संखुवासभाको चैनपुर नगरपालिका– १, नुनढाकीमा निर्माणाधीन सडकको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजे चैनपुर–गुफापोखरी सडक खण्डअन्तर्गत नुनढाकीको बिहीबारे क्षेत्रमा सडक स्तरोन्नतl गर्ने क्रममा भित्तामा वाल लगाउँदा ढिस्को झरेर उदयपुर घर भएका ३५ वर्षीय हेम मगर र धरान घर भएका २० वर्षीय रामकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 
सुवेदीका अनुसार सडकको भित्तामा ‘ग्याबिन वाल लगाउने ६–७ जना मजदुरमध्ये दुईजनाको ज्यान गएको हो । 

त्यहाँ रहेका अन्य मजदुरले ढिस्को हटाउने प्रयत्न गरे पनि सफल नभएको स्थानीयको भनाइ छ । प्रहरी चौकी नुनढाकीको टोली घटनास्थलमा पुगिसकेको छ भने इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत इन्स्पेक्टरको टोली घटनास्थल पुगेको छ । एक्स्काभेटरद्वारा ढिस्को हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad