१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ जेठ १८ बुधबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुगुको छायानाथ–राराले आइतबार विद्यालय बन्द नगर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार ११:५७:oo

जिल्लाको छायानाथ–रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।  नेपाल सरकारले जेठ १ गतेबाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरे पनि छायानाथ–रारा नगरपालिकाले उक्त निर्णय लागू नगर्ने भएको हो । 

मंगलबार छायानाथ–रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ । छायानाथ–रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द गर्नुपर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालय आइतबार बन्द नगर्ने निर्णय भएको नगरप्रमुख भामले बताए । 

हप्तामा दुई दिन बिदा हुनाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख भामले बताए ।

 अझै पुगेन पुस्तक
शैक्षिक सत्र सुरु भएको करिब तीन साता बित्न लाग्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्‍याउन नगरपालिकाले ताकेता गरेको छ । जिल्लामा समयमै विद्यार्थीको हातमा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । दुर्गम हिमाली जिल्ला मुगुमा अन्य जिल्लाजस्तो इन्टरनेटको गतिलो पहुँच छैन।


 

ad
ad
ad
ad