१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मुद्दाको फर्स्यौट दर बढेको छ: कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४९:oo

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पुराना मुद्दाको  फर्स्यौट दर बढेको बताएका छन् । आफू नेतृत्वमा आएपछि मुद्दा  फर्स्यौट दर दोब्बरले बढेको उनको दाबी छ । 

आइतबार नेपाल बार काउन्सिलअन्तर्गतको लयर्स एकेडेमीले कानुन व्यवसायीका लागि पहिलोपटक आयोजना गरेको कानुनी तालिममा उनले मुद्दा  फर्स्यौट आठ प्रतिशतदेखि बढेर १५ प्रतिशत पुगेको बताए । ‘मैले आफूले नेतृत्व लिँदा सर्वोच्च अदालतको मुद्दाको  फर्स्यौट आठ प्रतिशत थियो । विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो दुई प्रतिशतले बढाएर १५ प्रतिशत मुद्दाको फैसला भएको छ । त्यसमा उल्लेखनीय रूपमा पुराना मुद्दाहरू फैसला भएका छन्,’ उनले भने । 

कार्कीले तत्कालै अटोमेसनमा जान नसकिए पनि गोलाप्रथाबाट पछि नहट्ने स्पष्ट पारे । अटोमेसनबाट पेसी तोक्न आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै उनले भने, ‘गोलाको विकल्पमा तत्काल हामी जान सक्ने अवस्था पनि छैन । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदनले पनि अटोमेसनमा जाने भनेको छ । अटोमेसनमा नगएसम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले अरू कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ ।’ यसका लागि सर्वोच्चको पूर्ण बैठकले अर्थ मन्त्रालयसँग बजेट मागिसकेको जानकारी दिए । 
 

ad
ad