मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १३ शुक्रबार ०९:४२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार ०९:४२:००

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाण निर्वाचित भएका छन् । एमालेका मोहन चापागाईंलाई सात सय ६५ मतान्तरले पराजित गर्दै खाण प्रमुखमा निर्वाचित भएका हुन् । 

खाणले २४ हजार तीन सय ९६ मत पाएर निर्वाचित हुंँदा चापागाईंले २३ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । यहाँ उपप्रमुखमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छिन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार पाँच सय ४६ मत प्राप्त गरेका छन् ।

प्रमुखमा निर्वाचित खाण ०७४ को चुनावमा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए । १७ वटा  वडा रहेको तिलोत्तमामा  कांग्रेसले नाै र नेकपा एमालेले आठवटा वडा जितेको छ ।