१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १३ शुक्रबार ०८:५५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हेटौँडामा गोल्डकप जेठ तेस्रो साता 

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार ०८:५५:००

जेठ तेस्रो साताबाट हेटौँडामा सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ मकवानपुरले १९–२८ जेठसम्म चौथो संस्करणको गोल्डकप आयोजना गर्न लागेको हो ।

जिल्लाका दश स्थानीय तहको सहयोगमा गोल्डकप हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुनेछ । आयोजकका अनुसार एक विदेशीसहित १० टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । 

खेलमा आर्मी, पुलिस, सशस्त्रको विभागीय टिम, काठमाडौँ उपत्यकाको फ्रेन्ड्स, खुमलटार, विदेशी टोलीका रूपमा क्यामरुमको एभिनियर एफसी, कुमारटार युवा क्लब सिमरा, सर्लाहीको बागमती युथ क्बल, चितवन–११ र हेटौँडाको विजय युथ क्लब प्रतिस्पर्धाका लागि सहभागी हुने प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिए । 

उनका अनुसार प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख र विधागत उत्कृष्टले जनही २५ हजार र म्यान अफ द म्याच घोषित खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको पहिलो संस्करणमा थ्रिस्टार, दोस्रो संस्करण मकवानपुर र तेस्रो संस्करणको उपाधि आर्मीले जितेको थियो ।