Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १२ बिहीबार १९:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हेटौँडामा जेठ तेस्रोसाता सहिद स्मृति गोल्डकप हुने

Read Time : < 1 मिनेट
२०७९ जेठ १२ बिहीबार १९:२३:००

हेटौँडामा सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । चौथो संस्करणको गोल्डकप १९–२८ जेठसम्म मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्न लागेको हो ।

जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा गोल्डकप हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुनेछ । आयोजकका अनुसार एक विदेशीसहित १० टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । 

खेलमा आर्मी, पुलिस र सशस्त्रको विभागीय टिम, काठमाडौं उपत्यकाको फ्रेन्ड्स, खुमलटार, विदेशी टोलीका रूपमा क्यामरुमको एभिनियर एफसी, कुमारटार युवा क्लब सिमरा, सर्लाहीको बागमती युथ क्बल, चितवन–११ र हेटौँडाको विजय युथ क्लब सहभागी हुने प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिए । 
    
उनका अनुसार प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले नगद १० लाख र विधागत उत्कृष्टले जनही २५ हजार र म्यान अफ दल म्याच घोषित हुने खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका लागि १ करोड १७ लाख ९२ हजार लागत अनुमान गरिएको छ ।

प्रतियोगिताको पहिलो संस्करण थ्री स्टार, दोस्रो संस्करण मकवानपुर र तेस्रो संस्करणको उपाधि आर्मीले जितेको थियो ।