मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १२ बिहीबार १६:५९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ८ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १२ बिहीबार १६:५९:००

सेयर बजार मापक परिसूचक नेप्से बिहीबार पनि वृद्धि भएको छ। पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि हुँदै आएको छ। आज नेप्से ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ।

आज २२२ कम्पनीको २३ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ। नेप्से सामान्य अंक बढे पनि बिहीबार कारोबार रकम भने न्यून भएको छ। अघिल्लो कारोबार दिन एक अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी ८ उपसमूहको परिसूचक वृद्धि भएको छ। जसमध्ये बैंकिङ उपसमूह सबैभन्दा बढी ०.९८ प्रतिशतले बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ।

बिहीबारको कारोबारमा मेगा बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नारायणी डेभलमेन्ट बैंकको ६.२० प्रतिशत बढेको छ। यता, गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ। सिंगटी हाइड्रो इनर्जी र माउन्टेन इनर्जीको सेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।