१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ११ बुधबार ०९:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा नक्कली डाक्टर पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ जेठ ११ बुधबार ०९:०१:००

अछाममा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । आफूलाई एमबिबिएस डाक्टर भन्दै अनुचित फाइदा लिँदै हिँडेका चक्रबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलसेन नगरपालिका– २ मिस्तुरनिवासी २९ वर्षका विश्वकर्माले आफू काठमाडौंस्थित वीर अस्पताल र शिक्षण अस्पतालमा न्युरो सर्जनका रूपमा कार्यरत रहेको भनी नक्कली परिचयपत्र बनाएर अछामका सरकारी तथा गैरसरकारी निकायहरूमा विभिन्न अनुचित कार्यका लागि प्रस्ताव गर्दै हिँडेको थाहा पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

विश्वकर्माको साथबाट डाक्टर दीपक बिसीको नाममा रहेको नक्कली परिचयपत्र, दीपककै नाममा काटिएका सहयोग रसिद, बैंकका भौचर र जहाजको बोर्डिङ पास र चक्रबहादुर नामको मतदाता परिचयपत्र बरामद गरिएको प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उनले लामो समयदेखि आफ्नो नाम लुकाएर नक्कली नाम दीपक बिसीका रूपमा परिचय दिने गरेका थिए । उनले विभिन्न व्यक्तिसँग अनुचित लाभ लिनका लागि छलकपट गरेको प्रहरीसँगको बयानमा स्वीकारसमेत गरिसकेका छन् । पक्राउ परेका विश्वकर्माबारे थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।