मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १० मंगलबार ०७:२२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कांग्रेस महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित 

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार ०७:२२:००

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको छ । मेयरमा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी भएका छन् । उनले कांग्रेसका इन्द्रबहादुर बुढाथोकीलाई पराजित गरे । गोपालचन्द्रले २६ हजार चार सय ७८ मत पाउँदा इन्द्रबहादुरले २१ हजार तीन सय ११ मत पाए । गोपालचन्द्र मेयर लड्न प्रदेश १ को प्रदेश सभा सदस्यबाट राजीनामा थिए । 

उपमेयरमा पनि एमालेकी मीनाकुमारी पोखरेल विजयी भएकी छिन् । उनले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीलाई पराजित गरिन् । पोखरेलले २१ हजार पाँच सय ९० मत पाउँदा भण्डारीले १२ हजार आठ सय १८ मत पाए । 

०७४ को निर्वाचनमा यहाँ कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित भएका थिए ।  मेचीनगरमा कांग्रेस हार्नु मूलतः महामन्त्री शर्मा र नेता कृष्णप्रसाद सिटौलाको शक्तिसंघर्षलाई लिन सकिन्छ । दुवैको गृहजिल्ला झापामा उम्मेदवारी दर्ताको दिन पनि उनीहरूबीचको शक्तिसंघर्ष देखिन्थ्यो । मेचीनगर मेयरका लागि प्रदेशले टिकट दिएका सिटौलानिकट केशवराज पाण्डेको टिकट अन्तिम समयमा खोसिएको थियो । उनलाई पार्टी प्रदेश समितिले टिकट दिएको थियो । प्रदेश समिति सभापति उद्धव थापा हुन् । उनी सिटौलानिकट हुन् । 

टिकट पाएपछि मनोनयन दर्ता गर्न पुगेका पाण्डेको टिकट शर्माले केन्द्रबाटै खोसे । उनले अन्तिम समयमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको टिकट इन्द्रबहादुर बुढाथोकीलाई दिएका थिए ।