१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अमेरिकामा धेरै  खेल जित्ने नेपालको लक्ष्य

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने विश्वकप लिग २ मा सकेसम्म धेरै खेल जित्ने योजना रहेको जनाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:५३:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले २५ जेठदेखि १ असारसम्म अमेरिकामा आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्दै छ । नेपालले अमेरिका र ओमानविरुद्ध खेल्नेछ । १२ अंकका साथ नेपाल सात राष्ट्र सम्मिलित शृंखलाको छैटौँ स्थानमा छ । नेपालको नजरमा अमेरिका भ्रमण निकै महत्वपूर्ण हो ।

शृंखलामा राम्रो नतिजा निकाले नेपाल लिगको चौथो स्थानमा उक्लनेछ । नेपालले लिगमा दुई खेल मात्र जित्दा पनि १६ अंकका साथ चौथो स्थानमा उक्लनेछ । सन् २०२३ को विश्वकप छनोटका रूपमा विश्वकप लिग २ रहेको छ । शीर्ष दुई स्थानमा रहने टोली सीधै अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुनेछन् । 

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले अमेरिका भ्रमणमा सकेसम्म धेरै खेल जित्ने बताए । ‘अमेरिकामा हुने विश्वकप लिग २ मा सकेसम्म धेरै खेल जित्ने योजना छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा कप्तान सन्दीपले भने । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल–अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान सन्दीपले लिग २ को यात्राबाट उत्साहित भएको बताए । 

‘भ्रमणका लागि उत्साहित छौँ, यही उत्साहका साथ अमेरिकामा धेरै खेल जित्ने योजनामा छौँ,’ उनले भने । त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिका र ओमानसँग समान दुई खेल खेल्नेछ । अंक तालिकामा ओमान शीर्ष स्थानमा छ । ओमानले सर्वाधिक ३२ खेलबाट ४० अंक जोडेको छ । अमेरिकाले १४ खेलबाट १४ अंक जोडेको छ । अमेरिका पाँचौँ स्थानमा छ । 

नेपालले विश्वकप लिग २ अन्तर्गत पछिल्लो पाँच खेलमा तीन जित र दुई हार व्यहोरेको छ । लिगमा सबैभन्दा कम खेल्ने टोली नेपाल हो । नेपालले अहिलेसम्म १२ खेल मात्र खेलेको छ । लिगको सातौँ टोलीका रूपमा रहेको पपुवा न्युगिनीले २० खेलबाट दुई अंक जोडेको छ । गत मार्चमा नेपालले लिग २ अन्तर्गत युएईमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल युएईसँग दुवै खेलमा पराजित भएको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीमाथि जित निकाली चार अंक जोडेको थियो । सन् २०२० मा नेपाल, अमेरिका र ओमानले एक–आपसमा प्रतिस्पर्धा गरिरहेका थिए । ओमानमा भएको विश्वकप लिग २ मा नेपालले पहिलोपटक अमेरिकालाई पराजित गरेको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टोलीका लागि अमेरिका भ्रमण राम्रो अवसर भएको बताए । ‘योपटक नेपालसमक्ष शृंखलामा राम्रो गर्ने अवसर छ,’ प्रशिक्षक पुबुदुले भने । पुबुदुसँग अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको समेत प्रशिक्षक रहेको अनुभव छ । ‘विश्वकप लिग २ अर्को वर्षको एकदिवसीय विश्वकपको छनोट आधार हो,’ पुबुदुले भने, ‘यसकारण म निकै उत्साहित छु ।’ अमेरिकामा केही अभ्यास खेल हुन सक्ने उनको भनाइ छ ।  ‘लिग २ प्रतियोगिता हुनु केही दिनअघि अमेरिका जाँदै छौँ, त्यहाँ नेपाली समुदायले केही अभ्यास खेल आयोजना गर्दै छन्,’ उनले भने, ‘हाम्रा लागि अभ्यास खेल प्रभावकारी हुनेछ ।’ यसै शृंखलाका लागि क्यानले युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई उपकप्तानको जिम्मेवारी दिएको छ । 

 

ad
ad