मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ८ आइतबार ०८:०१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सडक दुर्घटनामा सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार ०८:०१:००

हेटौंडा/ मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित मझौला मालवाहक सवारी डिआइ पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर नायव प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार सडकमा अनियन्त्रित भई पल्टिएर ना४च २३१५ नम्बरको डिआइ पिकअप भ्यान दुर्घटना भएको हो । कार्कीले दुर्घटनामा परी मृत्यु हुने चारजनाको पहिचान हुन नसकेको बताए ।

‘घाइते चारजनाको काठमाडौंमा उपचार भइरहेको छ । मृत्यु हुनको सनाखत हुन सकेको छैन । तराईमूलको जस्तो देखिने र सार्वजनिक यात्रुवाहक गाडी नभएको, टिकट नकाटिएको र कतै परिचय खुल्न नसकेकोले सनाखत हुन नसकेको हो,’ उनले भने ।

भारतको बहराइचमा दुई नेपालीसहित तीनजनाको मृत्यु 
बाँके/ भारतको बहराइचमा भएको सडक दुर्घटनामा परी दुई नेपालीसहित तीनजनाको मृत्यु भएको छ । भारतको राजधानी दिल्लीबाट रुपैडिहा आइरहेको विंगर र नेपालगन्जबाट पेट्रोलियम पदार्थ लिन भारतको गोन्डा गइरहेको ट्यांकर आपसमा ठोक्किँदा विंगरमा सवार १० जना घाइते भएका छन् । 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दैै रुपैडिहाबाट पत्रकार सन्तोष शुक्लाले जानकारी दिए । भारतको बहराइच गोलवाघाट मरी माता मन्दिरनजिक शनिबार बिहान भएको दुर्घटनामा घाइते भएका यात्रुको बहराइच मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेले आफूहरूको घर अर्घाखाँची भएको बताएको भारतीय प्रहरीले जनाएको छ ।

विंगरचालकसहित तीनजनाको मृत्यु भएको पत्रकार शुक्लाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ४० वर्षीय अजय, ४८ वर्षीया राधा र भरत थापा रहेको भारतीय प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आएको ट्यांकरले ठक्कर दिएको विंगरमा सवार टेकबहादुर खड्काले बताए ।