मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ७ शनिबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ७ शनिबार १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–पाकिस्तानबीच पर्यटन प्रवर्द्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ७ शनिबार १६:३o:oo

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवर्द्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवर्द्धनको अधिक सम्भावना रहे पनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।

शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवर्द्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताए। उनले नेपालको प्राकृतिक, सांस्कृतिक सम्पदाहरूको अवलोकन गर्न पाकिस्तानी नागरिकहरूले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढी ध्यान दिने विश्वास व्यक्त गरे।

राजदूत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवर्द्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताए।