मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ७ शनिबार ०७:५९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको पहिलो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ७ शनिबार ०७:५९:००

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार युगान्डालाई चौथो अन्तर्राष्ट्रिय टी–२० खेलमा १५ रनले हराएको छ । सिरिजमा नेपालले यो पहिलो जित निकालेको हो । जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट बचेको छ । पाँच खेलको सिरिजमा नेपाल ३–१ ले पछि रहेको छ । युगान्डाले सिरिज यसअघि नै जितिसकेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाल १७.५ ओभरमा ९७ रनमा अलआउट भएको थियो । प्रत्युत्तरमा युगान्डाले १८ ओभरमा आठ विकेट गुमाएर ८२ रन मात्र बनायो । मैदान ओसिलो भएका कारण खेल ढिला सुरु भएको थियो ।

खेल १८ ओभरमा घटाइएको थियो । नेपालले पूरै ओभर खेल्न सकेन । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् । यसैगरी, बिन्दु रावलले १६ रन जोडिन् । सीता रानामगरले ११ रन र डोली भट्टले ६ रन बनाए । डेब्यु खेलाडी हिरन्मायी रोय शून्य रनमा आउट भइन् । कविता कुँवर ६ रन अविजित रहिन् ।

युगान्डाको ब्याटिङ इनिङ्समा जनेट बाबाजीले सर्वाधिक २१ रन बनाइन् । रीता न्यान्गेन्डो र इभ्लिन एनिपोले समान १६ रन बनाए । केभिन विनोले ११ रन बनाइन् । डेब्यु खेलमै नेपालकी हिरन्मायीले दुई विकेट लिइन् ।