यसअघि ललितपुर महानगरपालिकाको वडा नम्बर १० मा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक पराजित भएका छन् । उनका भतिज नेपाली कांग्रेसका रविन व्यञ्जनकार दुई सय ४७ बढी मतान्तरले निर्वाचित भएका हुन् ।
नरसिंह व्यञ्जनकार स्वतन्त्र उम्मेदवार हुन् । उनले पाएको मत संख्या पाँच सय ७८ छ भने उनका प्रतिस्पर्धी रविन व्यञ्जकारले आठ सय २५ मत प्राप्त गरेका छन् । वडामा जम्मा एक हजार सात सय ८३ मत खसेको थियो ।