१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ जेठ ४ बुधबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्वतको परादीमा भएको दुर्घटनामा एकको मृत्यु, १३ घाइते

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार १९:३५:००

पर्वतको कुस्मा नगरपालिका–८ चुवास्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बाग्लुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुस्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

दुर्घटनामा बाग्लुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका ३१ वर्षीय लालबहादुर थापाको पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको छ । जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको थियो । केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य यात्रुहरूले उद्धार गरेका थिए । 

घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा केहीको अवस्था गम्भीर रहेकोले पोखरा पठाउने तयारी गरिएको र अन्य घाइतेहरूको पनि परीक्षण र उपचार चलिरहेको प्रहरीले जनाएको छ । उपचार चलिरहेको अवस्थामा सबै घाइतेहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।