मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ४ बुधबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन परिणाम माओवादीका लागि उत्साहजनक : नेता पुन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ४ बुधबार १५:४७:००

माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मतपरिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् । उनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेन्डा जनताले रुचाएको पुष्टि भएको बताए । 

नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताए ।  ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेन्डा देशमा स्थापित छ । त्यो एजेन्डा जनताले रुचाएको छ भन्ने कुरा पुष्टि भएको छ,’ उनले भने, ‘अपेक्षा योभन्दा अझ राम्रो थियो । तर, हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरू मिलाउने, आन्तरिक मतभेदहरू मिलाउने हामीले सकेनौँ । नत्र योभन्दा राम्रो हुन्थ्यो ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए ।