१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २४ सोमबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मेलम्ची नगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले 

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:३४:oo

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आइतमान तामाङ विजयी भएका छन्। उपमेयरमा एमालेकी उमा प्रधानले जित हात पारिन्। तामाङले ११ हजार दुई सय ५८ मत प्राप्त गरे। प्रतिस्पर्धी एमालेका बालकृष्ण देउजाले ११ हजार एक सय ६५ मत पाए। ९३ मतको झिनो अन्तरले देउजा पराजित भए। 

उपमेयरकी उम्मेदवार प्रधानले दश हजार एक सय ६४ मत ल्याइन्। उनकी प्रतिस्पर्धी राप्रपाकी कुमारी तामाङले आठ हजार तीन सय ६४ मत पाइन्। कांग्रेसले राप्रपासँग गठबन्धन गरेको थियो। एकीकृत समाजवादी र माओवादीले पनि गठबन्धन गरेका थिए। 


 

ad
ad