१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ ३ मंगलबार ११:००:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ३ मंगलबार ११:००:००

सल्यानको सिद्धकुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कांग्रेस विजयी भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई तीन सय ७५ मतले पराजित गर्दै कांग्रेसका भरत गिरी निर्वाचित भएका हुन् ।

गिरीले दुई हजार एक सय ७३ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनबाट एकीकृत समाजवादीका चित्रबहादुर चलाउनेले एक हजार सात सय ९८ मत ल्याएका छन् । उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका रामबहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत दुई हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी  कांग्रेसकी पूर्णिमा चलाउनेले एक हजार नाै सय ६३ मत ल्याएकी छिन् । ५ वडा रहेको यस गाउँपालिकामा वडा नं. १ र २ मा माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा नं. ३, ४ र ५ मा कांग्रेस निर्वाचित भएको छ।