मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Saturday, 11 January, 2025
२o७९ जेठ ३ मंगलबार o६:२३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

फुङलिङ नगरपालिको मेयरमा कांग्रेसका मादेन र उपमेयरमा एमालेकी ओझा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार o६:२३:oo

ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी भएका छन् ।  गठबन्धनका उम्मेदवार मादेनले दुई हजार तीन सय ६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई पछि पार्दै  विजय हाँसिल गरेका हुन् । उनले ६ हजार एक सय ७९ मत प्राप्त गरेका छन् । उनका  प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार ८ सय १२ मत मात्र प्राप्त गरे ।  २०७४ सालको निर्वाचनमा विजयी बनि पाँच वर्ष मेयर चलएका प्याकुरेल फराकिलो मतले पराजित भएका हुन् ।

उता, उममेयर पदमा भने नेकपा एमालेकी भीमादेवी ओझाले चार सय ३३ मतको अन्तरले विजयी बनेकी छन् । उनले चार हजार दुई सय ७७ मत प्राप्त गरेकी छन् ।  ओझाका प्रत्यासी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार बमबहादुर भट्टराईले  तीन हजार ८ सय ८४४ मत प्राप्त गरे ।   ओझा पनि नेकपा एमालेका तर्फबाट नगरपालिको वडा नं.५ को वडाध्यक्ष चलाई सकेकी हुन् । 

नगरपालिकाको ११ वडामध्ये  नेकपा एमालेले ३, ४, ७ र ९ वडामा वडाध्यक्ष जीतेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले वडा नम्बर ६ र ८ को वडाध्यक्ष जीत हात पारेको छ । गठबन्धन कै अर्को घटक नेकपा माओबादीले वडा नं. ५, १० र ११ को वडाध्यक्ष जीतेको छ भने गठबन्धनको अर्को दल नेकपा एसले वडा नं. २ को वडाध्यक्ष जीत हासिल गरेको छ ।