१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २८ बिहीबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष कार्की पक्राउ   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार १९:५३:oo

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्की पक्राउ परेका छन्। लेनदेन बिगोसम्बन्धी कसुरमा उनी बिहीबार नयाँ बानेश्वरबाट पक्राउ परेका हुन्। 

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २८ असार ०७९ मा १६ लाख २८ हजार ५०० रुपैयाँ बिगोसहित एक वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता उनी फरार थिए। खोजीका क्रममा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो। स्काई बिल्डर्सका सञ्चालक उनको विनोदकुमार महतोसँग लेनदेन विवाद थियो। सोही विवादपछि महतोले कार्कीविरुद्ध मुद्दा हालेका थिए। ६१ वर्षीय कार्की ‘क’ वर्गका निर्माण व्यवसायी हुन्। अदातलको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।