१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका वासिङ्टन
२o८१ चैत २९ शुक्रबार १५:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी रक्षामन्त्रीले गरे जलवायु र विविधता शीर्षकको पाँच अर्ब १० करोड डलर खर्च कटौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १५:५७:oo

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत शीर्षकमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताएका हुन् ।

हेगसेथले गत महिना जलवायु परिवर्तन र विविधता, समानता र समावेशीकरण (डिइआई) क्षेत्रसँग सम्बन्धित अनुदानसहित पाँच करोड ८० लाख अमेरिकी डलर खर्च अन्त्य गर्न आदेश दिएका थिए ।

हेगसेथले बिहीबार सार्वजनिक गरेको एक भिडियोमा विभागले ‘डिइआई, जलवायु, कोभिड– १९ प्रतिकार्य र सम्बन्धित अनावश्यक गतिविधिका लागि ११ वटा सम्झौता’ अन्त्य गर्न लागेको बताएका छन् ।

‘हामी अहिले एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै छौँ, यसमा लाखौँ नभई ५.१ अर्ब डलरको डिओडी सम्झौता रद्द गर्न निर्देशन दिइएको छ,’ उनले भने ।

कटौतीमा डिफेन्स हेल्थ एजेन्सीका लागि निजी फर्महरूबाट परामर्श सेवाहरूका लागि सम्झौताका साथै सूचना प्रविधि क्षेत्रको क्लाउड सेवाहरूको सम्झौता पनि समावेश छ ।

यसक्रममा नर्थवेस्टर्न युनिभर्सिटी र कोर्नेल युनिभर्सिटीलाई पाँच अर्ब अमेरिकी डलरभन्दा बढीको अनुदान पनि रोकिएको छ। पेन्टागनले सन् २०२५ का लागि ८५० अर्ब अमेरिकी डलरको बजेट विनियोजन गरेका छन् ।

वासिङ्टन पोस्टका अनुसार फेब्रुअरीमा हेगसेथको एक पत्रमा आगामी वर्षदेखि प्रत्येक वर्षको बजेटबाट आठ प्रतिशत कटौती गर्ने योजना तयार पार्न आदेश दिइएको थियो ।

यदि यो पूर्ण रूपमा लागू भयो भने यो कटौती प्रत्येक वर्ष दशौँ अर्बले घटाएर पाँच वर्षको अन्त्यसम्ममा लगभग ५६० अर्ब डलरमा झर्नेछ।

हेगसेथले यसै वर्षको सुरुमा भनेका थिए, ‘हामी बाइडेन युगका घातक कार्यक्रमहरूबाट टाढा जानेछौँ र यसको सट्टा राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिला’ शक्तिको माध्यमबाट शान्ति, प्राथमिकताहरूमा त्यो पैसा खर्च गर्नेछौँ।’  एएफपी