
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै लामिछानेले सर्वोच्चमा निवेदन दिएका हुन् । उनको मुद्दाको पेसी ३१ चैत आइतबारलाई तोकिएको छ।
बुटवलको सुप्रिम सहकारीको मुद्दामा जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेकोमा सो आदेश उल्टाउँदै उच्चले उनलाई थुनामा पठाउने आदेश गरेको थियो।