![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sanibheri2022-05-16-12-47-06.jpeg)
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको हो ।
अध्यक्षमा बिर्खबहादुर विष्ट गठबन्धनका गोरखप्रसाद चन्दलाई एक हजार ६ सय ९९ मतान्तरले पराजित गर्दै विजयी बने । विष्टले ६ हजार १९ मत प्राप्त गर्दा चन्दले चार हजार तीन सय २० मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोका दुई हजार पाँच सय ३८ मतान्तरले विजयी भइन् । रोकाले पाँच हजार नौ सय ५८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका प्रकाश खड्काले तीन हजार चार सय २० मत पाए । गाउँपालिकाका कुल ११ वडामध्ये नौ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २ वडामा नेपाली कांग्रेसले २ वडामा जितेको छ ।