१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष –उपाध्यक्षसहित ६ वडामा एमाले विजयी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१९:oo

दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पदमा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र निवर्तमान उपाध्यक्ष दीपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार टोप बिसी र शिवाकुमारी खड्काले विजय हासिल गरेका हुन् ।

एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षका उम्मेदवार टोप बिसीले चार हजार ६ सय ८१ मत प्राप्त गर्दै विजयी भएका हुन् । कांग्रेसका खेमराज ओलीले चार हजार तीन सय ६६ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवारले एक सय ४२ मत प्राप्त गरेका छन् ।  

गाउँपालिका उपाध्यक्षमा विजयी नेकपा एमालेका शिवाकुमारी खड्काले चार हजार ६ सय ९८ मत प्राप्त गरेकी छिन् । कांग्रेसका उम्मेदवार दीपा बिसीले चार हजार एक सय १८ मत ल्याएकी छिन् । 

आठवटा वडा रहेको गुराँस गाउँपालिकामा ६ वडामा नेकपा एमाले र दुई वडामा कांग्रेस विजयी भएको छ ।

वडा नम्बर १ मा अध्यक्ष – धर्मबहादुर रावल (नेपाली कांग्रेस)
वडा नम्बर २ मा अध्यक्ष – शेरबहादुर रावल (नेपाली कांग्रेस)
वडा नम्बर ३ मा अध्यक्ष – काशीराम शर्मा (एमाले)
वडा नम्बर ४ मा अध्यक्ष – खड्कबहादुर शाही (एमाले)
वडा नम्बर ५ मा अध्यक्ष – भूपेन्द्र चन्द (एमाले)
वडा नम्बर ६ मा अध्यक्ष – चन्द्रबहादुर राना (एमाले)
वडा नम्बर ७ मा अध्यक्ष – नन्द बिसी (एमाले)
वडा नम्बर ८ मा अध्यक्ष – दीपेन्द्र ओली (एमाले)
 

ad
ad