मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा राजविराज
२०७९ बैशाख ३० शुक्रबार २०:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको बसबिट्टी मतदानस्थलमा प्रहरीद्वारा ५ राउन्ड हवाई फायर

Read Time : < 1 मिनेट
श्रवण थापा, राजविराज
२०७९ बैशाख ३० शुक्रबार २०:३७:००

प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टी मतदानस्थलमा आज साँझ ५ राउन्ड हवाई फायर गरेको छ ।दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

‘वर्षाले मतदान केही प्रभावित भएको थियो र पुनः मतदान सुचारु गर्ने विषयमा दुई पक्षबीच विवाद भयो र स्थिति नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गर्याैँ, उनले भने–‘अहिले अवस्था समान्य छ ।’

यता, मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले केही व्यक्तिहरूले विवाद सुरु गरेपछि हाललाई मतदान रोकिएको बताए । ‘मतदान पुनः सुचारु गर्नेतर्फ पहल हुँदै छ,’ उनले भने ।