मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २९ बिहीबार १८:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २९ बिहीबार १८:०८:००

निर्वाचन आयोगले भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो । 

पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका हुन् । उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने व्यवस्थाबमोजिम गत २७ वैशाखको मध्यरातिदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाएको पनि दाबी गरे । 

आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको जानकारी दिए । ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि उनले बताए। उनले आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरूलाई पनि स्पष्टीकरण सोधको बताए । 

सहप्रवक्ता अर्यालले आयोगले ७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम निर्वाचनको दिन नगर्न अनुरोध गरेको पनि बताए ।