१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०९:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल उच्च  प्राथमिकतामा : कोविन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०९:०३:००

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको बताएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको संक्षिप्त शिष्टाचार वार्तामा कोविन्दले दुई देशबीच भौतिक, डिजिटल र आर्थिक कनेक्टिभिटी आवश्यक रहेको बताए ।

राष्ट्रपति कोविन्दले प्रधानमन्त्री शेरबहादुर देउवाको गत महिना भएको भारत भ्रमणको चर्चा गर्दै दुई देशबीच ऊर्जा उत्पादन र व्यापारमा सहकार्य हुनुपर्नेमा पनि जोड दिए । उनले राजदूत शर्माको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार नेपालमा विद्यालय, अस्पताल, सडक, रेलमार्ग निर्माणलगायत सामाजिक आर्थिक क्षेत्रमा भारतको सहयोग निरन्तर रहने पनि राष्ट्रपति कोविन्दको भनाइ थियो । 

राजदूत शर्माले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र बुझाएका थिए । शर्माले नेपालमा कोभिड महामारीदेखि सामाजिक आर्थिक क्षेत्रमा सहयोगका लागि भारतलाई धन्यवाद दिएका थिए । आगामी दिनमा भारतसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने वर्तमान सरकारको चाहना पनि व्यक्त गरेका थिए ।