मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २६ सोमबार १९:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले देशलाई उल्टो बोटोमा धकेले : गगन थापा

Read Time : < 1 मिनेट
२०७९ बैशाख २६ सोमबार १९:२८:००

सत्तारुढ दल कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले देशलाई उल्टो बाटोमा धकेलेको आरोप लगाएका छन् । कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले देशलाई सही बाटोमा हिँडाउन गठबन्धन अहिलेको अपरिहार्यता रहेको बताए । 

शिक्षा, रोजगारी, विकास निर्माणका पूर्वाधारलगायतका क्षेत्रमा काम गर्नुपर्ने वेला ओलीले ओलीले दुई-दुईपटक संसद् विघटन गरेर देशमा अस्थिरता निम्त्याएको थापाको दाबी छ । थापाले एमालेको विकासको दृष्टिकोणमा नै खोट रहेको बताउँदै भने, ‘ठूल्ठूला पानी जहाज कुदाउँछु । रेल कुदाउँछु । ठूल्ठूला भौतिक पूर्वाधारका काम गर्छु । घर–घरका ग्यास पुर्याउँछु । घर–घरमा ग्यास पुर्याउनु सामान्य कुरा हो ? हिजो मैले सुनेँ, ओलीले भन्नुभयो, मैले बनाएको सडक खोइ ? मैले शिलान्यास गरेको पालिकाका अस्पतालहरू खोइ ? बजेट नै व्यवस्था नगरी कागजमा उद्घाटन गर्नुको कुनै अर्थ हुन्छ ?’ 

थापाले एमालेको घोषणा-पत्रमा भ्युटावर, पानीजहाज र रेलको चित्र मात्र रहेको बताए । उनले भने, ‘एमालेका साथीहरूले कांग्रेसलाई विकास चाहिएको छैन भनिरहेका छन् । हाम्रो घोषणा-पत्रको खिल्ली उडाइरहेका छन् । कांग्रेसको घोषणा-पत्रको कभर पेजमा बालबालिका, जेष्ठ नागरिक र स्वास्थ्य चौकीको चित्र छ । हामी त्यही चित्रमा देखाइएहरूको जीवन परिवर्तन गर्न चाहन्छौँ । एमालेहरू भ्युटावर, पानीजहाज, रेल कुदाउनु मात्रै विकास भनिरहेका छन् ।’