१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २६ सोमबार १८:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भूमि आयोगका पदाधिकारीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १८:१३:oo

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ। चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिताविपरीत भूमिको निस्सा बाँडेकाले भूमि आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार जानकारी दिएको हो।

भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले त्यसो गरेकाले तीन दिनभित्र आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने मितिसम्म भूमि निस्सा वितरण गर्ने कार्य स्थगित गर्न पनि निर्देशन दिइएको पौडेलले बताए।

निर्वाचन आयोगले सरकारी गाडी लिएर कांग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ।

ad
ad
ad
ad