१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Friday, 28 June, 2024
२o७९ बैशाख २६ सोमबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पोखरामा कार्यकर्तालाई देउवाले भने - गठबन्धन गर्नुअघि कांग्रेसको अवस्था कस्तो थियो स्मरण गर्नुहोस्

गठबन्धन टुट्न नदिने देउवा–प्रचण्डको रणनीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार o७:१६:oo

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गर्नुअगाडि आफूहरूको अवस्था कस्तो थियो भनेर स्मरण गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पोखरामा पाँचदलीय गठबन्धनले आइतबार आयोजना गरेको चुनावीसभामा उनले कांग्रेसको नेतृत्वमा सरकार बनेको र प्रदेशहरूमा पनि कांग्रेसका मुख्यमन्त्री मन्त्री बन्न गठबन्धनकै कारण सम्भव भएको तथ्य नबिर्सन उनले आग्रह गरे ।

प्रधानमन्त्रीले गठबन्धन कांग्रेसका लागि बढी आवश्यक रहेको पनि बताए । उनले गठबन्धनलाई जोगाउन र यसको सफलताका लागि कांग्रेस र पार्टीका नेता कार्यकर्ताले बढी योगदान दिनुपर्ने धारणा राखे । गठबन्धनलाई शंका गरेर दायाँबायाँ गरे कारबाहीमा पर्नेतर्फ उनले सचेत पनि गराएका छन् । अहिले कांग्रेस नेतृत्वको सरकार रहेको र सबै पार्टीलाई मिलाउने काम गरेको भन्दै उनले गठबन्धनलाई शंका–उपशंका नगर्न आग्रह गरे ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले उदार भएर कांग्रेसलाई सहयोग गरेको उनले टिप्पणी गरे । ‘प्रचण्ड र माधव नेपालजीको पार्टीले हामीलाई उदार भएर सहयोग गरेको छ । हामीले धेरै लिएका छौँ । उहाँहरूले महानगरमा एउटा–एउटा नेतृत्व लिनुभएको छ । यसलाई तपाईंहरूले ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसमा शंका–उपशंका गर्ने काम गर्नुभयो र यताउता गर्नुभयो भने तपाईंमाथि  कारबाही हुन्छ ।’

प्रचण्डले भने– परिवर्तनको रक्षाका लागि गठबन्धन  
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका लागि परिवर्तनको रक्षा र आबद्ध दललाई फाइदाका लागि गठबन्धन गरिएको बताएका छन् । पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता, लोकतन्त्र र समग्र परिवर्तनको रक्षाका लागि गठबन्धन गरिएको जिकिर गरे । ‘यसले आबद्ध हामी पाँच दललाई पनि फाइदा गर्छ । परिवर्तनको रक्षा र हामी यसमा आबद्ध दललाई पनि फाइदा हुने भएकाले गठबन्धन आवश्यक भएको,’ उनले भने ।

 आफूले संघीयताविरोधीहरूलाई परास्त नगरे देशमा राजनीतिक दुर्घटनाको खतरा छ भन्दा जनतालाई दिएको धम्कीको रूपमा अथ्र्याइएको उनले टिप्पणी गरे । ‘कांग्रेस नेतृत्वको सरकारलाई सफल गराउन आग्रह गर्दैगर्दा कतिपय मानिसले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेका छन् । यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउन जन्मिएको हो । यदि यो गठबन्धन दयाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ भनेको हुँ’, उनले भने । 

 दम्भ राखे हामी पनि ओलीजस्तै पछारिन्छौँ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ राख्ने दल र नेताको भविष्य नहुने बताएका छन् । पोखरामा आइतबार चुनावीसभामा उनले दम्भी हुँदा एमाले अध्यक्ष केपी ओलीले हुँदाखाँदाको प्रधानमन्त्री पद गुमाएको र एमाले सत्ताबाट ओर्लिएको चर्चा गर्दै उनले कांग्रेस र आफूहरूले पनि दम्भ पाले त्यस्तै नियति भोग्नुपर्ने टिप्पणी गरे ।

 ‘दम्भ नपालौँ, हिजो केपी ओलीले दम्भ पालेका कारण उनी सत्ताबाट सडकमा पछारिए । कांग्रेसले दम्भ पाल्यो भने पनि त्यही हो । हामीले दम्भ पाले पनि त्यही हो ।म ठूलो अरू केही होइन नभनौँ । सबैको अस्तित्व स्वीकार गरौँ, नभए सबैको हालत उस्तै हुन्छ,’ उनले भने । नेपालले ओली देशका महत्वपूर्ण आन्दोलनमा अग्रसर नभएकोसमेत टिप्पणी गरे । नेकपा को–अर्डिनेसन पार्टी निर्माण, माले निर्माण र एमाले निर्माणमा भूमिका नखेलेका र परिवर्तनको आन्दोलनमा पनि ओली 
अग्रसर नभएको उनले आरोप लगाए । 

ad
ad
ad
ad