मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २४ शनिबार
  • Tuesday, 15 July, 2025
२o७९ बैशाख २४ शनिबार १७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्तमान संविधान जोगाउन गठबन्धन : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २४ शनिबार १७:३३:oo

नेपाली कांग्रेका नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। तनहुँ कांग्रेसले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो धारणा राखेका हुन्।

नेता पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको बताएका स्मरण गर्दै त्यतिवेलादेखि नै कांग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताए।

समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातावरण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने आजको मुख्य मुद्दा बनेको उनले बताए। गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि पौडेलले मतदातालाई आग्रह गरेका छन्। रासस