मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०७९ बैशाख २४ शनिबार १४:००:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

Read Time : < 1 मिनेट
२०७९ बैशाख २४ शनिबार १४:००:००

आर्थिक तथा राजनीतिक रूपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न संकटकाल लागू गर्नुपरेको स्पष्ट पारेका छन्। आर्थिक तथा राजनीतिक संकटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटका घोषणा गरेको हो ।

सार्वजनिक सुरक्षा र जीउधनको रक्षाका लागि संकटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ। आन्दोलनकारीहरूले ढुवानी तथा आवतजावतसमेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकाले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन संकटकाल लगाउनुपरेको उनको भनाइ छ।

सरकारले संकटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन्। रासस/एएनआई