मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख २३ शुक्रबार १८:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १८:१५:oo

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो ।

विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताए ।

उनले  गण्डकी प्रदेशको उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले अनुमान गरेको बताए । उनका अनुसार प्रदेश १ को उत्तरी भूभाग, बागमती प्रदेशको दक्षिणी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आकलन छ ।  

मौसमविद् हुमागाईंले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेसनहरूमा वर्षाको रेकर्ड तोडिएको बताए । उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेसनहरूमा पहिलाको रेकर्डहरूलाई ब्रेक गरेर धेरै वर्षा मनुसुन अवधिमा भएको हो । उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको बताए ।