मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २३ शुक्रबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ : डेपुटी गभर्नर मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १६:५६:oo

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा मिश्रले यस्तो धारणा राखेका हुन्।

मिश्रले सेयर बजारमा पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए। उनले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनुपर्ने औँल्याए। पोलिसी मचुरिटी (नीतिगत परिपक्कता)मा राष्ट्र बैंकको पनि भूमिका हुने उनले बताए। बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने भन्दै उनले ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रो नभएको बताए।

‘नेप्सेमा क्षेत्रगत रूपमा सन्तुलन छैन। कुनै क्षेत्रमा ठूलो लगानी छ। त्यसमा धेरै कारोबार हुन्छ। एउटा इन्डेक्स बढ्दा नेप्से माथि जान सक्छ, अर्को ५० वटा कारोबार गर्दा पनि माथि जान सक्दैन। परिपक्व पुँजी बजारमा सम्मेलनलाई हाम्रो शुभकामना छ। पुँजी बजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको काम गरोस् । आर्थिक स्थितिको टेवा प्रदान गर्न सकोस्,’ उनले भने।