१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ बैशाख २३ शुक्रबार १६:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ खेलकुद बोर्डका पूर्वसदस्यसचिव बस्नेतको पक्षमा अदालतले दिएन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १६:१o:oo

प्रदेश १ खेलकुद विकास बोर्डका पूर्वसदस्यसचिव पर्शुराम भनिने कृष्ण बस्नेतको नियुक्ति खारेजीबारे अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। पूर्वमुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले हतारमा नियुक्त गरेका खेलकुद बोर्डका सदस्यसचिव बस्नेतले उत्प्रेषणको परमादेश माग गर्दै दायर गरेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

न्यायाधीशद्वय दिनेश यादव र जगतनारायण प्रधानको बिहीबार बसेको संयुक्त इजलासले प्रदेश खेलकुद बोर्डको पदाधिकारी खारेज सम्बन्धमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले जानकारी दिए।

२१ चैत ०७८ मा मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सदस्यसचिवबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णय खारेजीको माग गर्दै बस्नेतले १४ वैशाखमा उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका थिए।