Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २३ शुक्रबार १०:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनले काठमाडौंमा आज चुनावी सभा गर्दै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २३ शुक्रबार १०:५२:००

पाँचदलीय सत्तागठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै छ । आज दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले जानकारी दिए ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।