मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Friday, 10 January, 2025
जिम्बावेविरुद्ध अर्धसतक बनाएपछि नेपालका आसिफ सेख ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २२ बिहीबार o७:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिरिज बराबरी गर्‍यो नेपालले : तेस्रो टी–२० मा जिम्बावे आठ विकेटले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार o७:oo:oo

नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेको ‘ए’ टोलीलाई तेस्रो तथा अन्तिम टी–२० खेलमा आठ विकेटले पराजित गरेको छ । नेपालले जिम्बावेविरुद्धको सिरिज १–१ को बराबरी गरेको हो ।पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भयो । सिरिज बराबरी गर्न नेपालले बुधबार जिम्बावेलाई हराउनुपर्ने थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बावेले पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो । नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनाई जित हासिल ग¥यो । नेपालको सानदार जितमा आसिफ सेखले सर्वाधिक ८७ रनको योगदान दिएका थिए । उनले ५४ बलमा १३ चौका र एक छक्का प्रहार गरेका थिए । 

एक सय ३७ रन लक्ष्य पछ्याएको नेपालको सुरुवात उत्कृष्ट रह्यो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफले पहिलो विकेटका लागि ९.३ ओभरमा ८८ रनको साझेदारी गरेका थिए । कुशल मुभाटाको ओभरमा बोल्ड भए । उनले २६ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३४ रन बनाएका थिए । त्यसपछि आसिफले बसिर अहमेदसँग दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई १२२–२ को स्थितिमा पु¥याए । बसिरले १५ बलमा एक चौका प्रहार गर्दै १० रन बटुले । सिरिजमा भ्रमणकारी जिम्बावेका टोनी मुन्योन्गा म्यान अफ दि सिरिज भएका छन् ।

यसअघि ब्याटिङ गरेको जिम्बावेको इनिङ्समा रोय कैआले सर्वाधिक ४९ रनको योगदान दिएका थिए । रोहितकुमार पौडेलबाट रन आउट हुनुअघि रोयले ४१ बलमा सात चौका प्रहार गरेका थिए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा २५ रन खर्चेर दुई विकेट हात पारे । सोमपाल कामी र बसिरले समान एक–एक विकेट हात पारे । सोमपालले १९ रन तथा बसिरले १८ रन खर्चेका थिए । मोहमद आदिल अलामले एक ओभरमा १२ रन खर्चे । 

जिम्बावेको ब्याटिङमा तेस्रो विकेटका लागि सर्वाधिक ४५ रनको साझेदारी भएको थियो । रोय र मारुमानीबीच गतिलो साझेदारी भएको थियो । मारुमानीले ३० बलमा एक छक्का र चौका प्रहार गर्दै २७ रनको योगदान दिए । नेपालको कसिलो बलिङसामु जिम्बावेका ब्याट्सम्यानले गतिलो स्ट्रोक लगाउन सकेनन् । ओपनर इनोसेन्टले ११ बलमा दुई चौकाको सहयोगमा १४ रन बनाए ।

लुका जोन्गेले २३ बलमा २३ रन बनाए । उनले दुई चौका ठोके । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलेको हो । अब नेपालले पाहुना टोली जिम्बावेसँग तीन खेलको एकदिवसीय प्रतिस्पर्धा गर्नेछ ।