१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेविसंघले बनायो निर्वाचन प्रचार–प्रसार र परिचालन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:१६:oo

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसार समिति र परिचालन समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सात सय ५३ सदस्यीय प्रचार–प्रसार समिति र १५ सय सदस्यीय परिचालन समिति गठन गरेका हुन् । 

कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार समिति गठन गरिएको नेविसंघले जनाएको छ । ‘सात सय ५३ वटै पालिकासम्म पुग्ने गरी सात सय ५३ सदस्यीय प्रचार–प्रसार समिति र एक हजार पाँच ५ सय सदस्यीय परिचालन समिति गठन गरिएको छ,’ नेविसंघ अध्यक्ष शेर्पाले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन नेविसंघले दुई समिति गठन गरेको हो।’

ad
ad