मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २१ बुधबार
  • Monday, 16 December, 2024
२o७९ बैशाख २१ बुधबार १o:१८:oo
Read Time : < 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

तनहुँमा नमुना मतदान : ६१ जना सहभागी, चार मत बदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २१ बुधबार १o:१८:oo

तनहुँको व्यास नगरपालिका– ३ स्थित खुला मैदानमा मंगलबार बिहानैदेखि घुइँचो थियो । मैदानको चारैतिर डोरीले बाँधिएको थियो भने छेउछाउमा प्रहरी तैनाथ थिए । बीचभागमा मतपत्र लेखिएको बाकस थियो । अर्कोतिर लाइन बसिरहेका मानिस थिए । भिडलाई प्रहरी र म्यादी प्रहरीले व्यवस्थापन गर्दै थिए । उनीहरूले पालैपालो घेराबाट भित्र पठाए । भित्र गएकाहरूले मतपत्रजस्तो देखिको कागज बोकेर गोप्य ठाउँमा गए र मत जाहेर गरी बाकसमा खसाए । 

यी दृश्य तनहुँमा मंगलबार देखिएका हुन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ र निर्वाचन कार्यालय तनहुँले नमुना मतदान गराएका हुन् । विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताए । ‘विगतमा भएका निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम गर्थ्याे, प्रभावकारी पनि हुन्थ्यो । यसपटक मतदाता शिक्षा कार्यक्रम छैन,’ उनले भने ‘त्यसकारण नमुना मतदान राखिएको हो, यसले पनि धेरै कुरा सिकाएको छ ।’ 

नमुना मतदानमा ६१ जना सहभागी भए । जसमा चार मत पूर्ण रूपमा बदर भएको थियो भने केही आंशिक बदर भए । आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नागरिकलाई नमुना मतदान गराइएको पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष ओमकार आचार्यले बताए । ‘हामीलाई त भोट हाल्न निकै समय र सकस भयो भने ग्रामीण भेगका मानिसहरूको अवस्था के होला ! त्यसकारण मतदाता शिक्षा आवश्यक छ,’ उनले भने । सहभागी भएकाहरूले मत खसाल्न झन्डै पाँच मिनेट समय लगाएका थिए । सहभागीहरूले मतदाता शिक्षा आवश्यक भएको धारणा राखेका थिए । नमुना मतदानमा मानवअधिकारकर्मी, नागरिक समाज, कर्मचारी, पत्रकारलगायत सहभागी थिए ।