१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अग्निपीडित मुक्त कमैयाका घर  बनाइदिने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o९:oo

कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका अग्निपीडित मुक्त कमैया परिवारका घर प्रदेश सरकारले निर्माण गरिदिने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत घर निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । 

मुख्यमन्त्री त्रिलोचन भट्टकाे प्रतिबद्धता

पीडित बस्तीको स्थलगत निरीक्षण गरेका  मुख्यमन्त्री त्रिलोचन भट्टले चालू आर्थिक वर्षभित्रै घरको डिपिआर बनाउने र आगामी आर्थिक वर्षमा घर निर्माण कार्य गर्ने सरकारका तर्फबाट प्रतिबद्धता जनाए 

पीडित बस्तीको स्थलगत निरीक्षण गरेका मुख्यमन्त्री भट्टले चालू आर्थिक वर्षभित्रै घरको डिपिआर बनाउने र आगामी आर्थिक वर्षमा घर निर्माण कार्य गर्ने सरकारका तर्फबाट प्रतिबद्धता जनाए । त्यसका लागि आगामी वर्षको बजेटमा रकम विनियोजन गरिने उनले बताए । घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिन प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

गत ११ वैशाख दिउँसो खेतमा गहुँको नलमा लगाएको आगो सल्किँदा मुक्त कमैया बस्ती खरानी बनेको थियो । आगलागीबाट ४९ घरधुरी जलेका छन् । तीमध्ये ३८ घर पूर्ण रूपमा जलेर खरानी बनेका र ११ घरमा आंशिक क्षति पुगेको गाउँपालिका कार्यालयले जनाएको छ ।

दुई छाक खानका लागि संघर्ष गर्नुपर्ने अवस्थाका मुक्त कमैया परिवार घर, सम्पत्ति जलेर खरानी भएपछि बिचल्लीमा छन् । अग्निपीडित परिवार बस्तीसँगै जोडिएको खेत र जंगलको छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् । उनीहरूसँग लगाउने, ओढ्ने, ओछ्याउने लत्ताकपडा छैन । पानीको अभाव छ । अत्यधिक गर्मीले अहिले दिउँसोको समयमा लू चल्ने गरेको छ, तर अधिकांश पीडितको त्रिपालमा बत्ती छैन । 

विद्यार्थीका पुस्तक जलेका छन् । बालबालिकाहरूको बिचल्ली भएको छ । ‘तीन नाबालक नातिनातिना छन् । आठजनाको परिवार टेन्टभित्र कोचिएर बस्नुपरेको छ,’ अग्निपीडित दुखीराम चौधरीले सुनाए, ‘अन्न त पाएका छौँ, तर खाना पकाउन दाउराको समस्या छ ।’ पीडित बस्तीमा लत्ताकपडा, भाँडाकुँडा, दाउरा, पिउने पानी आदिको चरम समस्या रहेको गाउँका भल्मन्सा हिंगुराम चौधरीले बताए । ‘लगाएको कपडा फेर्न पाएका छैनौँ । ओढ्ने–ओछ्याउने छैन । दाउरा, पानीको पनि समस्या छ,’ उनले भने, ‘भोकभोकै बस्नुपर्ने अवस्था त छैन, तर दुःख धेरै छन् ।’ घर जलेर नष्ट भएपछि उनी आफू पनि विस्थापित भएका छन् ।

ad
ad