मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख १९ सोमबार ०९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचनलाई मध्यनजर गरी नाकामा कडाइ : बाँकेस्थित दशगजामा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती

Read Time : < 1 मिनेट
२०७९ बैशाख १९ सोमबार ०९:१८:००

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई लक्षित गरी भारतबाट साना हतियार भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी नेपाल–भारतका सुरक्षाकर्मीले दशगजामा संयुक्त गस्ती पनि सुरु गरेका छन् । 

मतदानको दिन नजिकिँदै गर्दा नाकामा समेत कडाइ गर्न थालिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए । उनले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सुरक्षा बलको संयुक्त टोलीले दशगजामा गस्तीलाई तीव्रता दिएको बताए । ‘स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी भारतीय सुरक्षाकर्मीसँग पनि नियमित रूपमा समन्वय, छलफल भइरहेको छ,’ उनले भने । 

भारतसँग सीमा जोडिएका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिए । उनले खुला सीमानाकाबाट अवैध साना हातहतियार ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरी आउजाउ गर्ने नागरिकमाथि निगरानी बढाउन निर्देशन दिइएको बताए ।

प्रजिअ खत्रीका अनुसार निर्वाचनका वेला नेपाल–भारत सीमानाका बन्द गर्ने विषयमा पनि भारतीय समकक्षीसँग छलफल जारी रहेको छ । उनले निर्वाचनको एक दिनअघिदेखि सीमानाका सिल गर्ने विषयमा भारतीय समकक्षीसँग कुरा भएको बताए । ‘भारतमा हुने निर्वाचनका वेला पनि ७२ घन्टा सीमानाका बन्द गरिन्छ । सोहीअनुसार नेपालको चुनावमा पनि सीमानाका सिल हुन्छ,’ प्रजिअ खत्रीले भने ।