धुलो, धुवाँ, भिडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर, शान्त र खुला ठाउँ कहाँ होला ? हामीलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ । तर, राजधानीमा यस्ता सुन्दर र शान्त ठाउँ पनि छन्, जसका बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीलगायतका सहरी क्षेत्रमा खुला ठाउँको महत्व बढेको छ। सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्। पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गएको देखिन्छ।
भागदौडपूर्ण व्यस्त दिनचर्याबाट छोटो फुर्सदमा घुम्नका लागि काठमाडौंमा टहलिन धेरै पार्क भेटिन्छन्। यिनै खुला स्थान र पार्क घुमेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरूले केही तस्बिर खिचेका छन्।
तस्बिरहरू :