१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आगलागीबाट नारायणगढका ६ पसलमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५८:oo

चितवनको नारायणगढ बजारमा लागेको आगोका कारण ६ वटा पसलमा क्षति पुगेको छ। भरतपुर महानगरपालिका– ३ नारायणगढ बजारको कमलनगरस्थित तुलसीराम सापकोटाको घरमा रहेका पसलहरूमा राति दुई बजे आगो लागेको प्रहरीले जनाएको छ।

सापकोटाको चारतले घरको पहिलो तलामा रहेका ६ वटा पसल र कपडा गोदाममा आगो लागेको थियो। आगो नियन्त्रणमा ल्याउन चारवटा दमकललाई पाँच घन्टा लागेको थियो। आगो निभाउन खैरहनी नगरपालिकाको दुई तथा भरतपुर महानगरपालिका र नेपाली सेनाको एक–एक गरी चारवटा दमकल प्रयोग भएको थियो।

अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागीबाट विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, वसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा नोक्सान पुगेको अधिकारीले बताए। नजिकै रहेका अन्य पसलहरूमा पनि नोक्सान भएको छ, क्षतिकाे विवरणहरू संकलन हुँदै गरेको अधिकारीले बताए।

ad
ad