मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १४ बुधबार o६:३६:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन स्रष्टा सम्मान गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार o६:३६:oo

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कारको राशि बढाउँदै यस वर्ष तीन सम्मानका लागि स्रष्टाहरूको नाम चयन गरेको छ । १२ वैशाखमा साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीको अध्यक्षतामा बसेको बैठकले सम्मानित र पुरस्कृत हुने स्रष्टाहरूको नाम चयन गरेको हो ।

 साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका तेजेश्वरबाबु ग्वंगलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पुर्‍याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका न्हुच्छेबहादुर डंगोललाई नारायणगोपाल संगीत सम्मान प्रदान गरिने भएको छ । 

यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि बढाएर एक लाख ५१ हजार पुर्‍याइएको छ । उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टा सम्मान समारोहमा यही वैशाख २७ गते काठमाडौंमा प्रदान गरिने लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।