१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दिन गएका युवामाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:२५:oo

डोल्पाको छार्काताङसोङ गाउँपलिकामा उम्मेदवारी दर्ता गर्न गएका एक व्यक्ति कुटिएका छन्। छार्काताङसोङ– ५ को पिम्री गाउँमा स्थानीय धावा गुरुङमाथि कुटपिट भएको हो।

सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दिन भनेर आएका उनीमाथि वडाध्यक्षमा निर्विरोध चुनिएका सोनाम साङवो गुरुङले युवाहरू बटुलेर निर्घात कुटपिट गरेका एक स्थानीयले बताए। पूर्ववडाध्यक्षसमेत रहेका सोनामले धावामाथि किन कुटपिट गरे भन्ने खुलेको छैन। तर, आफूविरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको आशंका छ।

घाइते धावाले उम्मेदवारी दर्तासमेत गर्न पाएनन्। कुटपिटबाट घाइते उनको टाउकोमा गहिरो चोट लागेको र उपचारसम्म नपाएको स्थानीयले बताए। यसबारे प्रहरी प्रशासन अहिलेसम्म बेखबर छ। घटनाबारे प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीसँग बुझ्दा उनले कुनै जानकारी नभएको बताएका छन्।

ad
ad