१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १३ मंगलबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १३ मंगलबार १३:००:००

९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गरिएको छ। मंगलबार वसन्तपुरमा पिजे क्लब र नेपाल फोटो पत्रकार मञ्चले खुला फोटो प्रदर्शनी गरेको हो। 

प्रदर्शनीमा फोटो पत्रकारहरूले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमहरूलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटो राखिएका छन्। प्रदर्शनी आज एक दिन चल्ने पिजे क्लबकी अध्यक्ष श्रुति श्रेष्ठले बताइन्। 

प्रदर्शनीमा फोटो पत्रकारहरूले काम गर्ने क्रममा कत्तिको जोखिम, संघर्ष र चुनौती मोलेर काम गरिरहेका हुन्छन् भन्ने देखाउने गरी फोटोहरू प्रदर्शन गरिएको उनले बताइन्। त्यसैगरी, फोटो पत्रकारिताको इतिहासबारे पनि सर्वसाधारणलाई जानकारी गराउने हिसाबले खुला रूपमा प्रदर्शनी गरिएको उनले बताइन्।  

‘लेन्सबाट फोटो पत्रकारिता’ मूल नारासहित गरिएको फोटो प्रदर्शनीका लागि नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालले सहयोग गरेका छन्। 

त्यसैगरी, ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकै अवसरमा वसन्तपुरमै राष्ट्रिय फोटो पत्रकार समूह नेपालले पनि ‘नेपाल इन लकडाउन’ नाम दिई फोटो प्रदर्शनी गरेको छ। सो प्रदर्शनीमा कोभिड– १९ महामारीका कारण भएको लकडाउनको समयमा खिचिएका फोटोहरू प्रदर्शन गरिएको छ।