१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Saturday, 28 September, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ११ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा महानगर र उपमहानगरको उम्मेदवार चयनको जिम्मा सभापतिलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १७:४o:oo

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी सभापतिलाई दिएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका उम्मेदवारको निर्णय लिने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

उम्मेदवारी मनोनयनको समय सुरु भइसक्दा पनि कांग्रेसले महानगर र उपमहानगरमा उम्मेदवारको विषय टुंग्याउन सकेको छैन। उम्मेदवारको विषयमा आज शीर्ष नेताहरूको छुट्टै बैठक बसेको थियो। शीर्ष नेताहरूको बैठकपछि बसेको कार्यसम्पादन समिति बैठकले निर्णय लिन नसकेपछि उम्मेदवार चयनको विषय सभापतिलाई दिएको बैठकपछि उपसभापति खड्काले जानकारी दिए।